Sagun Khabar
कैलालीका ५ क्याम्पसमा अनेरास्ववियु र ४ मा क्रान्तिकारी विजयी , नेविसंघ शून्य 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा आइतवार स्ववियु निर्वाचन भएका त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ९ वटै क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणामअनुसार कैलालीका ५ क्याम्पसको स्ववियु नेतृत्वमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र ४ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले कब्जा जमाएको । नेविसंघ भने कैलालीमा शून्य भएको छ ।

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, लम्कीचुहाको लम्की बहुमुखी क्याम्पस र बुलबुले बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व अनेरास्ववियुले जितेको अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले बताए । 

अनेरास्ववियु क्रान्तिकारीले कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज, मोहन्याल बहुमुखी क्याम्पस, घोडाघोडी बहुमुखी क्याम्पस र जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा जितेको क्रान्तिकारीका प्रदेश कमिटि प्रमुख सचिव डम्बर भट्टराईले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update