Sagun Khabar
कैलालीमा ट्याक्टर दुर्घटना :२ जनाको मृत्यु, २८ जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । 

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ७ हजारीबारा भन्ने स्थानमा सोमवार राति ट्याक्टर दुर्घटना भएको हो । सुगरखालबाट भजनी नगरपालिका ९ कुणीतर्फ आइरहेको सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी भजनी नगरपालिका वडा नम्बर ९ की चाहाना चौधरी र दिल रानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update