Sagun Khabar
बैतडीका तीन क्याम्पसमा भोलि स्ववियु निर्वाचन :  को –को छन् सभापतिका उम्मेदवार ?

बैतडी –सुदूरपश्चिम विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा बुधबार स्ववियु निर्वाचन हुँदैछ । बैतडीका तीनओटा क्याम्पसमा भोलि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने क्याम्पसहरुले जनाएका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका रुपमा रहेका जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक क्याम्पस काँडा मेलौलीमा स्ववियु निर्वाचन हुने तयारी भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त जिल्लाका ४ ओटा क्याम्पसमा आइतबार स्ववियु निर्वाचन भएको थियो । 
जगन्नाथ बहुमुखी क्याम्पसको सभापतिका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । नेविसंघबाट धनी भट्ट र अनेरास्ववियुबाट योगेश मौनी सभापति पदका उम्मेदवार रहेका निर्वाचन समिति संयोजक गणेश नेगीले बताए । जगन्नाथ बहुमुखी क्याम्पसमा १ सय ८९ जना विद्यार्थी मतदाता रहेका छन् । 

यस्तै पाटन बहुमुखी क्याम्पसको सभापतिका लागि तीन जना चुनावी मैदानमा रहेका छन् । नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलबाट नेविसंघकी भागरथी भट्ट, अनेरास्ववियुका निराजन पन्त र एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका अमरप्रसाद भट्ट सभापति पदका उम्मेदवार रहेका छन् । यो क्याम्पसमा २७५ जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति संयोजक फणेन्द्र अवस्थीले बताए ।  

यस्तै मणिलेक क्याम्पस मेलौलीमा सभापति पदका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । नेविसंघका तर्फबाट नवराज भट्ट, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलबाट अनेरास्ववियुका धनीदत्त भट्ट सभापति पदका उम्मेदवार रहेका छन् । यो क्याम्पसमा १२० जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति सदस्य दिपक भट्टले बताए । 

भोलि निर्वाचन हुने तिनओटै क्याम्पसमा निर्वाचनको तयारी भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update