Sagun Khabar
चट्याङ परेर धनगढीको एक घरमा क्षति 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –चट्याङ परेर कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित एक घरमा क्षति पुगेको छ । 

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुन्नानारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेर आज आंशिक क्षति भएको हो । घरको दोस्रो तलाको छतको छज्जामा प्वाल परेका बताइएको छ ।

घरमा जडान भएको ईन्भटर, मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको चौधरीले बताए । 
यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा ०१–०२६च ५१०८ नम्बरको कार र से ६ प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको छ । मानविय क्षती भने भएको छैन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update