Sagun Khabar
बैतडीमा बुडाल मृत्यु प्रकरण : कहाँ पुग्यो प्रहरीको अनुसन्धान ? 

बैतडी –गएको फागुन १३ गते मृत फेला परेका बैतडीको दशरथचन्द नगरपालिका १० खडेनीका जीवन बुडाल मृत्यु प्रकरणको अनुसन्धानको रिपोट प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । 

अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल पिकनिक खान साथीहरुसंगै दशरथचन्द नगरपालिका ६ सेरा भन्ने स्थानमा गएका थिए । सोही ठाउँमा उनी फागुन १३ गते राति मृत अवस्थामा फेला परेका थिए । 

बुडालको मृत्यु नभएर हत्या भएको भन्दै परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले पिकनिक खान गएका १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो । यस्तै बुडालको शव फेला परेकै ठाउँमा विस्फोटक पदार्थ समेत फेला परेकाले थप चार जनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । चारजनालाई विस्फोटक पदार्थ सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरिएको जोशीले बताए । 

Atrya hospital

पक्राउ परेका सबैमाथि अनुसन्धान गरेर अन्तिम प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको प्रवक्ता जोशीले बताए । उनले भने ‘यो घटनाको अनुसन्धान गरेर प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । अब सरकारी वकिल कार्यालयले अदालतमा प्रतिवेदन बुझाउने र थप कारवाही अगाडि बढ्ने हुन्छ ।’

बुडाल मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान सकिएसंगै अब अदालती प्रक्रिया शुरु हुन्छ । प्रहरी हिरासतमा रहेकाहरुको अदालतले बयान लिने कार्य गर्ने र त्यसपछि अदालतको आदेश अनुसार कारवाही अघि बढ्ने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update