Sagun Khabar
चैते दशैं शुरु, बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुँइचो 
फाइल फोटो

बैतडी –यो बर्षको चैतेदशैं आजदेखि शुरु भएको छ । चैत शुक्ल प्रतिपदादेखि चैत नवरात्र शुरु भएको हो । चैते नवरात्रको अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा शुरु भएको छ । 

चैते नवरात्र आजदेखि शुरु भएको र विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा शुरु भएको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

चैते नवरात्र शुरु भएसंगै बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, पोटलासैनी लगायतका भगवतीका मन्दिरमा पूजाआजा शुरु भएको छ । चैते दशैंको दिन निङ्गलाशैनी भगवती मन्दिरमा बलिसहित जात्रा हुने गरेको पूजारी भट्टले बताए । 

यस्तै सिगास, महारुद्र, शिवनाथ, बासुलिङ्ग, उदयदेव, जगन्नाथ,दोगडाकेदार,भूमीराज लगायतका मन्दिरहरुमा पनि चैते नवरात्रमा पूजाआजा सहित जात्रा हुने गरेको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update