Sagun Khabar
निङ्गलाशैनी भगवती मन्दिरमा ‘हिङलो’ठड्याइयो 

बैतडी –बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा हिङलो ठड्याइएको छ । चैते दशैंको घटस्थापनाका दिन आज मन्दिर परिसरमा ‘हिङलो’ठड्याइएको निर्माण समितिका संयोजक प्रकाश बोहराले बताए । 

निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङलो जीर्ण भएपछि नयाँ हिङलो राखिएको हो । निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङलो निर्माण गरिएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । मन्दिरमा गएको ५÷७ बर्ष यता हिङलो नभएकाले हिङलो ठड्याइएको उनले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरमा परापूर्वकालदेखि नै ‘हिङलो’ राख्ने चलन रही आएको हो । हिङलो राख्ने परम्परा अनुसार हिङलो राखेका छौं ।’

पहिला पहिला दार्चुलाको लालीबाट सालको काठ ल्याएर मन्दिरमा हिङलो राख्ने चलन रहेको थियो । दार्चुलाको लालीबाट सालको काठ ल्याउन सम्भव नभएपछि स्थानीय युवाहरुको सक्रियतामा देवदारको हिङलो निर्माण गरिएको उनले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा हिङलो राख्ने पहिलादेखिको परम्परा हो । तर पछिल्लो समयमा हिङलो नहुँदा खल्लो भएको थियो । हामीहरुले सल्लाह गरेर हिङलो राख्ने निर्णय गर्यौं र सोही बमोजीम हिङलो राख्ने कार्य सम्पन्न गरेका छौं ।’

मन्दिर परिसरमा हिङलो ठड्याउनका लागि सैयौं भक्तजनहरुको उपस्थिती रहेको थियो । धेरै बर्षपछि निङ्गलाशैनी मन्दिरमा हिङलो राखिएपछि भक्तजनहरु समेत खुसी भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update