
बैतडी –बैतडीको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट प्यानलसहित विजयी भएका छन् । नेविसंघका भट्टले ७० मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका धनीदत्त भट्टले ४४ मत ल्याए ।
मणिलेक क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने नेविसंघ एक्लै चुनाव लडेको थियो ।
सो क्याम्पसको स्ववियु सचिवमा नेविसंघकै निरज भट्ट ६८ मत ल्याएर विजयी भएका छन् भने संयुक्त प्यानलकी मीना भट्टले ४३ मत ल्याएकी छिन् ।
यस्तै कोषाध्यक्षमा नेविसंघकी सुशीला नेगी विजयी भएकी छिन् । नेगीले ७१ मत ल्याइन् भने उनका निकटम् प्रतिस्पर्धी संयुक्त प्यानलकी सावित्री पार्कीले ४० मत ल्याइन् ।
यस्तै सदस्यहरुमा नेविसंघका दिनेशसिंह साउँद ६६ मत, पूजा चन्द ७२ मत, सुनिता भट्ट ६७ मत र मनोजदत्त ओझा ७१ मत ल्याएर विजयी भएका छन् ।
मणिलेक क्याम्पसमा १२० जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति संयोजक गगनराज पाण्डेयले बताए । समानुपातिकतर्फको मतगणना जारी रहेको उनले बताए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस भएपछि मणिलेक क्याम्पसमा पहिलो पटक स्ववियु निर्वाचन भएको हो ।