Sagun Khabar
बैतडीको पाटन बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघकी भागरथी निर्वाचित 

बैतडी –बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी भागरथी भट्ट विजयी भएकी छन् । विजयी भट्टले ८९ मत ल्याइन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका निराजन पन्तले ७४ मत ल्याए । 

सचिवमा एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका भोजराज अवस्थी ८६ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियु क्रान्तिकारीका रामदत्त भट्टराईले ६३ मत ल्याएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

कोषाध्यक्षमा अनेरास्ववियुका दिलेन्द्रसिंह ठगुन्ना ८३ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अखिल क्रान्तिकारीकी भुवनेश्वरी कठायतले ७४ मत ल्याइन् । 

यस्तै सदस्यहरुमा अनेरास्ववियुका रोशन पाण्डे १०१ मत, दिपकसिंह ऐर ९६ मत र चन्द्रावती भट्ट ८७ मत ल्याएर विजयी भएका छन् । यस्तै नेविसंघका मीना भट्ट ९५ मत, कल्पना विक ८८ मत र बेबिना जोशी ९३ मत ल्याएर सदस्य पदमा निर्वाचित भएका छन् । 

पाटन बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले चुनावी तालमेल गरेको थियो भने अनेरास्ववियु एक्लै चुनाव लडेको थियो । सो क्याम्पसमा २७६ मतदाता रहेकोमा २२७ मत खसेको निर्वाचन समितिका संयोजक फणेन्द्र अवस्थीले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update