Sagun Khabar
खुकुलो पार्दै कञ्चनपुरमा थपियो निषेधाज्ञा 

कञ्चनपुर –कोरोना संक्रमण नियन्त्रणका लागि कञ्चनपुरमा जारी भएको निषेधाज्ञा फेरी थपिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो ।

जिल्ला कोभीड व्यवस्थापन समितिको सिफारिश अनुसार निषेधाज्ञाको अवधि असार १४ गते सम्म थपिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए  । प्रशासनले जिल्लामा यो छैटौ पटक निषेधाज्ञा थपेको हो। प्रशासनले असार १४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थपिएको जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बन्द रहनेछन् । अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधान सञ्चालन गर्न पाइने छ ।

अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ महतोले जानकारी दिए  । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ ।

यस्तै अब सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपाले गरी सञ्चालन गर्न सकिने छ । 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update