Sagun Khabar
नरेन्द्र भट्ट कम्पनीमा आवद्ध छैन् : सोनी इन्टरनेश्नल रिक्वायरमेन्टस् सर्भिस 

बैतडी –सोनी इन्टरनेश्नल रिक्वायरमेन्टस् सर्भिस प्रालि पिंगलास्थान काठमाण्डौंले नरेन्द्र भट्ट नाम गरेको व्यक्ति कम्पनीमा आवद्ध नरहेको जनाएको छ । बैतडीको शिवनाथ गाउँपालिका ६ घर भएका भट्टले शिवनाथकै तीनजनालाई मलेसिया पठाईदिन्छु भनि ठगेको समाचार बाहिर आएपछि कम्पनीले भट्ट कम्पनीमा नरहेको जनाएको हो । 

कम्पनीको नाम जोडेर वैदेशिक रोजगारीमा पठाउने नाममा रकम असुलीरहेको सूचना प्राप्त भएपछि कम्पनीले नरेन्द्र भट्ट कम्पनीसंग आवद्ध नरहेको जनाएको हो । निज भट्टसंग कम्पनीका नाममा कुनै पनि प्रकारको आर्थिक तथा अन्य कारोबार नगर्न कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ । 

कम्पनीको नाम जोडेर तीनजनाबाट डेढ लाख असुल गरेको समाचारप्रति पनि कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले कसैबाट रकम नअसुलेको कम्पनीका सञ्चालक रामनाथ शाहले बताए । 

कम्पनीको कार्ड आफूखुसी दुरुपयोग गरेकाले आफूहरु कानुनी प्रक्रियामा अघि बढेको शाहले बताए ।  नरेन्द्र भट्टबाट ठगिएका व्यक्तिहरुले आफूहरु ठगिएको बताएपछि समाचार प्रकाशन भएको थियो । तर कम्पनीले भट्ट सोनी इन्टरनेश्नल रिक्वायरमेन्टरसंग आवद्ध नभएकाले सो समाचारको खण्डन समेत गरेको छ । 

IMG-20230407-WA0002 (1)1680859567.jpg


 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update