Sagun Khabar
सुदूरपश्चिममा आइतबार २२ जनामा कोरोना पुष्टि 

बैतडी –पछिल्लो एकसाता यता सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार मात्रै २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । 

७६२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १८ जना र ४० जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

आइतबार संक्रमण पुष्टि हुनेमा कैलाली १९, कञ्चनपुरका २ र बैतडीका एक जना रहेका बताइएको छ । 

प्रदेशभरी अहिले सम्म ६ लाख ५० हजार ७३९ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार ६४ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये अहिलेसम्म ६३५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । बाँकीले भने कोरोना जितको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update