Sagun Khabar
बैतडीमा चट्याङ लागेर आमा छोरा घाइते, दुई भैंसि मरे 

बैतडी- बैतडीमा चट्याङ लागेर दुई भैंसि मरेका छन्  भने आमा छोरा घाइते भएका छन् । आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका ६ रौलका गणेश साउँदकी ३५ वर्षीया श्रीमती  पार्वती साउँद र ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन् ।

यस्तै  चट्याङ लागेर  दुई भैँसी पनि मरेका र  घरमा समेत क्षति पुगेको साउदले जानकारी दिए । चट्याङ लागेर  घरमा जडित सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको साउँदले बताए ।

यता जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रक्ता प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले पनि चट्याङ लागेर आमा छोरा  बेहोस  भएका  र दुई  भैँसि मरेको खबर प्राप्त भएको बताएका छन् । ‘चट्याङ लागेर  दुई भैंसि मरेका छन् , आमा छोरा बेहोस भएका हुन्  होसमा आइहाले त्यस्तो समस्या छैन,’ उनले  भने  । 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update