Sagun Khabar
अनेम संघको केन्द्रीय सदस्यमा बैतडीका तीनजना चयन 

बैतडी –नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यमा बैतडीका तीनजना चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न भएको अनेमसंघको सातौं अधिवेशनबाट बैतडीका तीन जना केन्द्रीय कमिटिमा अटाएका हुन् । 

सरस्वती नेपाली, कविता भण्डारी र जानकी ऐर बम अनेम संघको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका बताइएको छ । केन्द्रीय सदस्यमा चयन भएकी नेपाली अनेमसंघको बैतडी इन्चार्ज समेत रहेकी छन् । यसअघि पनि उनले अनेम संघको केन्द्रीय सचिवालय सदस्य पदमा रहेर काम गरेकी थिइन् । 

यस्तै जानकी ऐर बम र कविता भण्डारी पनि अघिल्लो कार्यकालमा समेत केन्द्रीय कमिटिमा रहेको बताइएको छ । जानकी सुदूरपश्चिम प्रदेश सभाकी सदस्य समेत रहेकी छन् । 

अनेम संघको काठमाण्डौंमा सम्पन्न भएको सातौं अधिवेशनले टुका हमालको नेतृत्वमा २२५ सदस्यीय केन्द्रीय कमिटि सर्वसम्मत चयन गरेको केन्द्रीय सदस्य नेपालीले बताइन् । 
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update