बैतडी- जिल्ला विपद् व्यवस्थापन समिति बैतडीको बैठक सम्पन्न भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, बैतडीको तेस्रो त्रैमासिकको नियमित बैठक आइतबार सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले बताए । जिल्लामा विद्का घटना नियन्त्रणका लागि समन्वकारी भूमिका निर्वाह गर्ने, पछिल्लो समय फेरि फैलिन थालेको कोरोना रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्ने,डढेलो निणयन्त्रणका लागि जिल्लामा सडक नाटकका साथै अन्य जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको उनले बताए ।
यस्तै बाँदर बदेलको आतंक नियन्त्रण गर्नका लागि नतिजामूलक कार्यक्रम गर्ने, जिल्ला विपद् व्यवस्थापन र स्थानीयतहमा रहेको समितिले कृतिम घटनाको अभ्यास गर्ने, सडक विस्तारको कामलाई तिब्रता दिएर आवागमन सहज बनाउने लगायतका निर्णय भएका सूचना अधिकारी बोहराले बताए ।
प्रमुख जिल्ला अधिकारी शुरेस पन्थीको संयोजकत्वमा आइतबार सम्पन्न बैठकमा जिल्लास्थित विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, क्लष्टरसंग सम्बन्धित कार्यालय प्रमुखहरू, गैरसरकारी संस्थाहरुका प्रतिनिधि, जिल्ला रेडक्रसका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतहरु, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।





