Sagun Khabar
बैतडीमा टेलिकमका थप  टावर स्थापना गर्न माग राख्दै सञ्चारमन्त्रीलाई  माओवादी केन्द्रको  माग पत्र

बैतडी- नेकपा माओवादी केन्द्र बैतडीले सञ्चार क्षेत्रको पहुँच वृद्धिका लागि  माग  गरेको छ । जिल्लामा टेलिकमको सेवा प्रभावकारी बनाउन माओवादी केन्द्र बैतडीले संघीय सरकार समक्ष माग गरेको  हो ।

पहुँच नभएका ठाउँमा नेपाल टेलिकमको  सेवा विस्तारका लागि बजेटको व्यवस्था गरिदिन अनुरोध गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई माग पत्र बुझाएको नेकपा माओवादी केन्द्र बैतडीका पूर्व सहइन्चार्ज एवं प्रदेश कमिटि सचिवालय सदस्य विक्रम कुँवर प्रतिकले बताए । मन्त्री रेखा शर्मालाई बैतडीमा देखिएका सञ्चार समस्या बजेट तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग राख्दै माग पत्र बुझाइएको  उनको  भनाई  छ ।

मागपत्र बुझदै मन्त्री शर्माले समस्या सामाधानको पहल गरिने बचन दिएको  बताइएको  छ ।  पुर्चौडी  नगरपालिका ५ दहतालमा रहेको टेलिकमको फ्रिक्वन्सी वृद्धि गर्न,जिल्लाको  दोगाडाकेदार  ८ छिनालेकमा टावर स्थापना गर्न, पाटन नगरपालिका  वडा नं ८ खोड्पेमा एनटी फाइबर  नेट सेवा विस्तार गर्न अनुरोध पत्र मार्फत आग्रह गरिएको उनले  बताए  । यस्तै  सिगास  गाउँपालिकाको  सदरमुकाममा टेलिफोन टावर सथापन गरि  लेण्डलाईन सुचारु गर्नुे पर्ने, डिलाशैनीको  केन्द्र धामी गाउँ, पुर्चौडी ३ र डिलाशैनी १ को सीमाना ढुङ्गाविसौनामा टावर स्थापना गर्नुे पर्ने, पञ्चेश्वर गाउँपालिका ३ को कुलाउ, २ को घटेलाकोटमा टेलिकमको नयाँ टावर स्थापना गर्न माग गरिएको  छ ।

 यसैगरी पुर्चाैडीमा सञ्चालन हुने भनिएको रेडियो सेम आवाज सञ्चालनका लागि आवस्यक प्राविधिक सहयोग गर्न समेत  माग गरिएको छ । अहिले  पनि बैतडीका  अधिकाँश ठाउँमा बसोबासर गर्ने  नागरिकहरु  टेलिकमको  सेवा प्रभावकारी नहुँदा समस्यामा छन्। 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update