Sagun Khabar
बजेट व्यवस्थापन तथा कार्यान्वयनमा बैतडीका स्थानीयतहको मनोमानी

बैतडी- बैतडीका स्थानीय तहहरुले बजेट व्यवस्थापन तथा कार्यान्वयन गर्दा मनोमानी गरेको  पाइएको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनले तयार पारेको रिपोर्टमा स्थानीयतहहरुले मनोमानी ढंगबाट बजेट कार्यान्वयन गरेको पाइएको हो । वित्तीय व्यवस्थापन तथा कार्यान्वयनमा पञ्चेश्वर  र  पाटनले बढी लापरवाही गरेको पाइएको छ ।

पञ्चेश्वर गाउँपालिकाले सयमा २७ अंक मात्रै  प्राप्त गरेको छ भने  पाटनले ३२ अंक मात्रै पाएको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिबेदन, अनुगमन, मुल्याङ्कन तथा लेखा परीक्षण र राजश्व व्यवस्थापन गरी १० ओटा बिषयक्षेत्रमा गरिएको मुल्याङ्कनमा बैतडीको हकमा डिलासैनी र सिगास  गाउँपालिकाको  कार्यसम्पादन सन्तोशजनक देखिएको छ ।

डिलासैनी र सिगास गाउँपालिकाले समान ६५ अंक प्राप्त गरेका छन ।  यस्तै  पुर्चाैडी नगरपालिका ६२, शिवनाथ गाउँपालिका र दोगडाकेदारले  ५८.५ अंक प्राप्त गरेका छन् ।  सुर्नया गाउँपालिकाले ५६.५, दशरथचन्द नगरपालिकाले ४७.५,  मेलौली नगरपालिकाले ४६,  पाटन नगरपालिकाले  ३२ अंक मात्रै प्राप्त गरेको छ भने पञ्चेश्वर गाउँपालिकाले २७.५ अंक मात्रै प्राप्त गरेको हो ।  पाटन नगरपालिका र मेलौलीमा आर्थिक कार्यान्वयन तथा व्यवस्थापनको पाटो बलियो नरहेको देखिएको छ  ।

प्रक्रिया पु¥याएर खर्च भए नभएको बारे गरिएको मुल्याङ्कनका आधारमा मन्त्रालयले मुल्याङ्कन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीले जनाएको छ । समान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याकंन कार्यविधि २०७७’ जारी गरेको छ । सोही अनुसार स्थानीय तहमा भइरहेको वित्तीय व्यवस्थापन तथा जोखिमका बारेमा मल्याङ्कन गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update