बैतडी- नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले खोज तथा उद्दार कार्यकर्तालाई पुर्नताजकी तालिम प्रदान गरेको छ । विभिन्न समयमा घट्ने विपद्का घटना व्यवस्थापनका लागि खोज तथा उद्दार कार्यकर्तालाई पुर्नताजकी तालिम प्रदान गरिएको हो ।
यस अघि तालिम लिएका रेडक्रसकर्मी तथा खोज तथा उद्दार कार्यकर्तालाइ तालिम प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेश सिंह भण्डारीले बताए । रेडक्रस सोसाइटी शाखा बैतडीको आयोजना तथा सेफर नेपाल परियोजनाले सञ्चालन गरेको कार्यक्रमको सहयोगमा पञ्चेश्वर गाउँपालिका वडा नं १, मैलौली वडा नं ८ र नौ का खोज तथा उद्दार कार्यकर्तालाइ तालिम दिइएको उनले बताए ।
आगलागी, भूकम्प, सडक दुर्घटना, लगायतका पिद्का घट्नामा परेकाको कसरि खोज तथा उद्दार गर्ने भन्ने बारे तालिम दिइएको मन्त्री भण्डारीले बताए । खोज तथा उद्दार कार्यकर्ताले तालिममा सिकेका ज्ञान, सीप र दक्षतालाई विपद् उद्दारमा प्रयोग गर्दा सहज हुने अपेक्षा गरिएको रेडक्रस बैतडीले जनाएको छ । डोटी शाखाबाट आएको टोलीले तालिम दिएको हो ।
पुर्नताजकी तालिममा ४१ जना खोज तथा उद्दार कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पाटन नगरपालिका ६ स्थित महिला विकासको हलमा सञ्चालन गरिएको तालिममा पाटन नगरपालिका नगर प्रमुख गौरीसिंह रावलको समेत उपस्थिति थियो ।





