Sagun Khabar
बैतडीमा बालुवाखानीमा च्यापीएर एक  महिलाको मृत्यु

बैतडी- बैतडीमा बालुवाखानीमा च्यापीएर एक  महिलाको मृत्यु  भएको छ । जिल्लाकाे सिगास गाउँपालिका २ धौलाडीकी ३३ वर्षीया राजमती भाटको बालुवाखानीमा च्यापीएर मृत्यु भएको हाे ।  धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा  मंगलबार साँझ माथिबाट खसेको ढिस्कोले  च्यापीएर  भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । यस्तै  अन्य दुइ जना घाइते भएका छन् ।

ढिस्कोमा पुरिएर  ६२ वर्षीय सालिभान सिंह धामी र उमेर नखुलेका शंकरमान सिंह धामी घाइते भएका छन् ।  घाइते दुवै जनलाइ उपचारको लागि डडेल्धुरा लगिएको प्रहरीले जनाएकाे छ ।  

 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २१:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update