Sagun Khabar
बैतडीः बालुवाखानीमा च्यापीएर घाइतेभएका   थप एक  पुरुषको मृत्यु , ज्यान गुमाउनेको  संख्या दुई  पुग्यो

बैतडी- बैतडीमा   बालुवाखानीमा च्यापीएर घाइतेभएका   थप एक पुरुषको  मृत्यु भएको छ । बालुवा खानीमा च्यापीएर  घाइते भएका ६२ वर्षीय सालिभान सिंह धामीको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको   छ।    यो  संगै मृतको  संख्या दुई पुगेको  छ ।

 मंगलबार साँझ  सिगास गाउँपालिका २ को धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा  माथिबाट खसेको ढिस्कोले पुरिएर सोही वडाकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो ।

 ढिस्कोमा पुरिएर घाइते भएका क्रमान सिंह धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update