Sagun Khabar
बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु 

बैतडी –बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका १० का ४३ बर्षीय राजबहादुर साउँदको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update