Sagun Khabar
बैतडी झौलेक जीप दुर्घटनाः क्षतिपूर्तिको माग गर्दै आफन्त आन्दोलित, शव बुझेनन

बैतडी - बैतडी झौलेक जीप दुर्घटनामा ज्यान गुमाएका आफन्त क्षतिपूर्तिको माग गर्दै  आन्दोलित भएका छन् । आवश्यक क्षतिपूती पाउन पर्ने  माग राख्दै  उनिहरु  आन्दोलित भएका हुन् ।

आवश्यक क्षतिपूर्ती नमिले शव नबुझने आफन्तहरुको  अडान छ । उनीहरु बुधबार बिहानै देखि जयपृथ्वी राजमार्गममा शव राखेर अन्दोलन गरिरेका छन् । खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा मंगलबार राति  जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मृत्युवरण गर्ने सबै  बझाङको  केदारस्यूका  हुन् ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान बचाएका थिए ।  जिप चालक २७ बर्षीय अर्जुन बोहरा भने अझै  सम्पर्कमा आएका छैन्न । उनि राति देखिनै फरार  छन् । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update