Sagun Khabar
मृतकका परिवार भन्छनः ‘गाडी साहु नआए सम्म घटनास्थलबाट शव उठ्दैनन’

बैतडी- बैतडी जीप दुर्घटनामा परेर  मृत्युभएका मृतकका परिवारले  गाडी साहु  नआए  सम्म घटनास्थलबाट शव नउठाउने अडान लिएका छन् । मृतकका आपन्तहरुले जीप साहु घटनास्थल नआए सम्म शव नउठाउने  अडान लिएको  जिल्ला प्रहरीकार्यालय बैतडीका  प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले  बताए  ।

‘शव घटनास्थलमै छन्, आफन्तले बुझन मानेका छैनन्, गाडी साहु नआए सम्म लास नउठाउने  उनिहरुको  अडान छ,’ उनले  भने । गाडी साहुलाई  सम्पर्क  ल्याउने प्रयास भइरहको प्रहरीले  बताएको  छ । गाडी  साहु बझाङको केदारस्यूकै  हुन् । दुर्घटनामा ज्यान गुमाएकाहरुका आफन्त क्षतिपूर्तिको माग गर्दै  आन्दोलित छन् ।  खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा मंगलबार राति  जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मृत्युवरण गर्ने सबै  बझाङको  केदारस्यूका  हुन् ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान बचाएका थिए ।    जीप चालक २७ बर्षीय अर्जुन बोहरा भने अझै  सम्पर्कमा आएका छैन्न । उनि राति देखिनै फरार  छन् ।  

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update