Sagun Khabar
सुशासन चाहने हाकिम पाटनमा टिक्दैनन, उपसचिवको एक महिना नपुग्दै  सरुवा

बैतडी- बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश पाण्डेको  सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृत पाण्डेयको पाटनबाट एक महिना नपुग्दै रौतहटको वृन्दावन नगरपालिका सरुवा भएको हो । फागुन ३० गते पाटन हाजिर भएका प्रमुख  प्रशासकीय अधिकृत पाण्डेले सामान्य प्रशासन मन्त्रालयबाट मेलमार्फत रौतहटको वृन्दावन  सरुवा भएको पत्र प्राप्त भएको जानकारी दिए । 

आफनो सरुवाको  पत्र आएपछि जान लागेको  अधिकृत पाण्डेयले  बताए । सामान्य प्रशासन मन्त्रालयले आफुलाई रौैतहटको वृन्दावन नगरपालिका सरुवा गरेको उनले बताए । गुल्मी जिल्ला घरभएका उपसचिवच  पाण्डेय फागुन ३० गते पाटनमा हाजिर भएका थिए । अनुभवि र खारिएका व्यक्ती नगरमा नटिक्नु दुखद भएको नगरबासीहरुको भनाई छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरुलाई पदस्थापन तथा कामकाजमा खटाए बमोजिम उपसचिव पाण्डे  फागुन ३० मा पाटन हाजिर  भएका थिए ।उनलाई रोक्न यसअघि पनि पाटन नगरपालिका नगरप्रमुख गौरीसिंह रावलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका थिए ।

   नगरपालिकाले मन्त्रालयलाई पत्र पठाउदै यसअघि जिम्मेवारीमा रहेका लक्ष्मीदत्त भट्टलाई नै निरन्तरता दिन भनेको थियो  । साउन अन्तिमतिर पाटन नगरपालिकामा कार्यकारीको रुपमा आएका लक्ष्मीदत्त भट्टपनि फागुन अन्तिममा सरुवा भएका थिए । बेलाबेला कार्यकारी सरुवाले  विकास निर्माण लगायत अन्य काम कारवाहीमा असर पर्ने  गरेको  छ । 

सुशासन   कायम गर्ने,हरेक कामलाई दुरुस्त गर्ने अनुभवी र विज्ञ व्यक्ती भन्दा नगरपालिकाका जनप्रतिनिनिधहरु   सुब्बा र खरिदारलाई निमित्त दिएर काम गर्न   रुचाउँछन्।   आफु अनुकुलका व्यक्तीहरुलाई  निमित्तको  जिम्मेवारी दिएर  काम गर्न गराउन तिर जनप्रतिनिधिहरु उद्धत हुँदा पालिकाहरु  सुशासन युक्त , भ्रष्टाचार मुक्त हुन सकेका छैन्न ।   

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update