Sagun Khabar
बैतडीको पाटन बजारमा सरसफाई 

बैतडी- बैतडीको  पाटन बजारमा सरसफाइ गरिएको छ ।  नयाँ वर्षको  पूर्वसन्ध्यामा बजार परिसरमा सरसफाइ गरिएको  हो । नगरपालिकाको  आयोजना, पाटन क्रिकेट क्लवको सहकार्यमा  बजार परिसरमा सरसफाइ गरिएको नगर उपप्रमुख कमल सिंह बोहराले  जानकारी दिए  ।  

नयाँ सालको  अवसरमा पाटन सहरलाई स्वच्छ र सफा राख्न सरसफाई गरिएको उनले बताए । जनप्रतिनिधि कर्मचारी, विभिन्न क्लवका प्रतिनिधि,व्यापारी र सुरक्षाकर्मीहरुले संयुक्त रुपमा बुधबार बजारमा  सरसफाइ गरेका उपप्रमुख बोहराले  बताए ।

सरसफाई गर्नु आफ्नै लागी हो भनेर नगरबासीलाई सन्देश दिन झाडो समातेर सबैले  बजार सरसफाई गरेको जनप्रतिनिधिहरुले जनाएका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update