Sagun Khabar
सिगास आधारभूत विद्यालयमा विव्यस अध्यक्ष बिष्टले पोशाक वितरण गरे 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ३ बुङडास्थित सिगास आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बिष्टले विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् । 

विद्यालयमा नयाँ भर्ना भएका गरिब घरपरिवारका विद्यार्थीहरुलाई आफूले व्यक्तिगत लगानिमा पोशाक वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्टले बताए । आइतबार एक कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई स्वागत गर्दै पोशाक वितरण गरिएको हो । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update