Sagun Khabar
लगातार बर्षा, सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह 

बैतडी–लगातार बर्षा भइरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । 

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै बर्षाका कारण बाढी, पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

लगातार बर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम हुने भएकाले कमजोर जमीन भएका ठाउँमा नजान, नदी किनारमा नजान आग्रह गरिएको छ । यस्तै बर्षा भइरहेको समयमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ग्रामीण कच्ची सडकहरुमा सवारी साधन सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ । 

यस्तै विपद्बाट तत्काल उद्धार गर्नुपर्ने अवस्था आएमा नजिकको प्रहरी कार्यालय, प्रहरीको १०० नम्बर र सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ । 

DAO-1788239651.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update