Sagun Khabar
कञ्चनपुरमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको बेलौरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । बेलौरी नगरपालिका –५ रामनगरकी २५ वर्षीया प्रमीला बोहराको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

बुधबार नजिकैको सामुदायिक वनमा गएका बेला सर्पले डसेपछि उनलाई उपचारका लागि बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा उनको मृत्यु भएको बताईएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update