Sagun Khabar
दार्चुला हिमपहिरो अपडेट : २ महिलासहित ३ जनाको शव भेटियो

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव आज बुधवार फेला पारेको छ ।

 हिजो मङ्गलवारदेखि हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कविहीन थिए । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट झन्डै अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर तीन जनाको शव भेटिएको जानकारी दिनुभयो ।

 हिजो दिउँसोदेखि सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update