Sagun Khabar
दार्चुलामा एक पुरुषको टाउकोमा ढुङ्गा लागेर मृत्यु

दार्चुला-  दार्चुलामा एक पुरुषको टाउकोमा ढुङ्गा लागेर मृत्यु भएको छ। जिल्लाको व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षिय विरसिँ ऐतवालको व्यासगाउँपालिका–१ को कुन्ति भन्ने ठाउँमा मृत्यु भएको हो।

यार्सा गुम्बा टिप्न गएका ऐतवालको माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ। साथै ऐतवाल सँगै गएका पुष्कर ऐतवाल घाइते भएको प्रहरीेले बताएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update