Sagun Khabar
भारतले दुई हजारको नोट चलनचल्तीबाट हटाउने

भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो भारतको रिजर्भ बैँक ९आरबीआई० ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर ३० तारिख ९असोजको १३ गते०सम्म बैँकहरुमा जम्मा गर्न सकिने जनाएको छ ।

नागरिकले आफ्नो खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै शाखामा गएर नोट साट्न सक्ने उल्लेख छ । साथै बैँक खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानून लागु हुने बीबीसी हिन्दीले जनाएको छ । आरबीआईले बैँकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न पनि निर्देशन दिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

आरबीआईले यसअघि पाँच सय र एक हजार दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरेको थियो । तर साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८र१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो ।

सन् २०१६ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र एक हजार रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेका थिए । त्यसपछि भारत सरकारले दुई हजारको नयाँ नोट चलन चल्तीमा ल्याएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update