बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन सम्बन्धी दुई दिने कार्यशाला शुक्रबारदेखि शुरु भएको छ ।
सेटीगाउँ बहुमुखी क्याम्पसको आयोजना, डिलाशैनी गाउँपालिकाको आर्थिक सहयोग, एनवाइसिए बैतडी र स्ववियुको प्राविधिक सहयोगमा कार्यशाला शुरु भएको हो ।
कार्यशालाको एक कार्यक्रमकाबीच डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले उद्दघाटन गरेका सेटीगाउँ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टले बताए ।
कार्यशाला सेटीगाउँ बहुमुखी क्याम्पस, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज र गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा अध्ययनरत ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
कार्यशालामा जलवायु परिवर्तनका असर, यसले पार्ने प्रभाव र प्रभाव न्यूनीकरणका बिषयमा छलफल भइरहेको बिष्टले बताए ।





