Sagun Khabar
कञ्चनपुरमा ब्राउन सुगर सहित एकजना पक्राउ 

कञ्चनपुर –कञ्चनपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ लालपुरका २२ बर्षीय नरेन्द्र मडैलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ कालोपुल सीमा क्षेत्रबाट उनलाई ६ दशमलव ९० ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रकाउ गरिएको सशस्त्र प्रहरीले बताएको छ ।

उनलाई कानूनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update