Sagun Khabar
बैतडीमा एकजना फरार प्रतिवादी पक्राउ 
Atrya hospital

बैतडी –बैतडीमा एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्तीकरणी पेन्डिङ मुद्दाका फरार अभियुक्त दशरथचन्द नगरपालिका १ का २१ बर्षीय मनोज भट्टलाई प्रहरीले पक्राउ गरेको हो । 

गएको माघ २ गतेदेखि फरार रहेका भट्टलाई प्रहरीचौकी खोड्पेबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

उनीमाथि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update