Sagun Khabar
पैसा  नभएको चेक दिने दार्चुलाका वडाअध्यक्ष  पक्राउ

दार्चुला- चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष कैलालीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन्।

उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उक्त खातामा रकम नै नभएको भेउ पाएपछि टंकले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका एक अधिकारीले बताए।

वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो।

त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई मालाखेती, अत्तरियाको थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

धामी नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update