Sagun Khabar
खुकुलो पार्दै कञ्चनपुरमा फेरी निषेधाज्ञा थपियो 

कञ्चनपुर –कोरोना संक्रमण नियन्त्रणका लागि कञ्चनपुरमा जारी भएको निषेधाज्ञा पुनः थपिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन व्यवस्थापन समितिको बैठकले असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञा खुकुलो पार्दै असार १५ देखि २१ गते राति १२ बजेसम्म निरन्तरता दिइएको प्रजिअ महतोले जानकारी दिए । निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्लाबाहिरका लागि भने अत्यावश्यक सवारी साधन बाहेक अन्यले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ ।

अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ महतोले जानकारी दिए । उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ ।

Atrya hospital

यस्तै सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ ।

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update