Sagun Khabar
दार्चुलाको महेन्द्र नमुना माविका १५ जना शिक्षकले दिए सामूहिक राजीनामा 

दार्चुला- दार्चुलाको एक विद्यालयका १५ जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्  । जिल्लाको महाकालि नगरपालिकाको महेन्द्र नमुना माध्यमिक विद्यालयका १५ जना शिक्षकले सामूहिक राजीनामा दिएका  हुन ।  

महाकाली नगरपालीकाले आफैले परीक्षा गराएर नाम निस्केका शिक्षकलाई अध्यापनका लागि राख्ने र नाम ननिस्केका शिक्षक लाई जागिरबाट निकाल्ने योजनामा बनाएपछि  आफूहरूले राजीनामा दिइएको शिक्षकहरुले बताएका छन् । महेन्द्र नमुना विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीका अनुसार विद्यालयमा अभिभावकहरूको सहयोगमा निजी स्रोतमा प्राइमरी तह र केही निमावि तहमा शिक्षकहरू राखिएका थिए । .

स्वास्थ्य सन्देश
Atrya hospital

ती शिक्षकहरूले पढाउन थालेको लामो समयपछि नगरपालिकाले पुन परीक्षा गर्ने निर्याण गरेको हो ।  प्रधानाध्यापक जोशीले विद्यालयमा शिक्षकहरू आवश्यक परेको बेला विद्यालयले विज्ञापन निकालेको र सबै शिक्षक आवश्यक प्रक्रिया पुरा गरेर मात्र विद्यालयमा पढाउन सुरु गरेको बताएका छन् । राजीनामा दिने सबै शिक्षकले नगरपालिकाले यस्तो निर्णय गरेर आफ्नो अपमान गरेकाले नगरपालिको यो कदम कुनै पनि हालतमा स्वीकार नगर्ने दाबी गरेका छन् ।

विद्यालयमा लामो समयदेखि पढाउँदै आएका शिक्षकलाई फेरी परीक्षा गराएर विद्यालयबाट निकाल्न खोज्नुको प्रमुख कारण राजनीतिक चलखेल रहेको एक स्रोतले बताएको छ । यो भन्दा अगाडिको सरकारको पालामा आएका शिक्षकलाई अहिले अर्को सरकार आएपछि आफ्नो मान्छेहरू घुसाउन यस्तो प्रक्रिया गर्न थालेको स्रोतले बताएको छ ।  यद्यपि १५ जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिए पनि विद्यालयले भने राजीनामा स्वकृत  गरेको छैन यस कारण राजीनामा दिने शिक्षकहरूको नाम सार्वजनिक गरिएको छैन ।

यस विषयमा नगरपालिकाले के कारणले यस्तो गर्न लागेको हो भन्ने कुरा बुझ्नका लागि महाकाली नगरपालिकाका मेयर नर सिंह चैसिरलाई पटक पटक फोन गरिए पनि फोन नउठेका कारण मेयर सँग भने सम्पर्क हुन सकेको छैन ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update