Sagun Khabar
खोलामा खसेर दार्चुलामा एक जनाको मृत्यु

दार्चुला- दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ हरडीगाड खोलामा खसेर सोही ठाउँका ५५ वर्षीय शिवराज गिरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार गिरी शनिवार साँझ मालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने क्रममा ६० मिटर माथि बाटोबाट खोलामा खसेर मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update