Sagun Khabar
दार्चुलाको लास्कु खोलामा आएको बाढीले पुल भत्कायो  

दार्चुला – दार्चुलामा रहेको लस्कु खोलामा आएको बाढीले पुल भत्काउँदा स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । जिल्लाको महाकाली नगरपालिका –१ जोड्ने उक्त पुल भत्किँदा स्थानीयलाई लस्कु खोला वारपार गर्न समस्या भएको छ । 

सोमबार राति खोलामा आएको बाढीले पुल भत्काएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

खोलामा पानीको सतह घटेपछि भत्केको पुलबाटै स्थानीयहरुले ओहोरदोहर गरिरहेका छन् । खोलामा पुल नहुँदा भत्केको पुलबाट जोखिम मोलेर आवतजावत गर्नुपरीरहेको स्थानीयहरुले बताएका छन् । 

गत बर्ष लास्कुखोलामा आएको बाढीले झोलुंगे पुल बगाएको थियो । त्यसपछि त्यो ठाउँमा काठेपुल निर्माण गरिएको थियो । काठेपुल पनि भत्केपछि आवतजावतमा समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update