Sagun Khabar
दार्चुलापारि धारचुलामा महाकालीले घर बगायो

महाकाली नदीले दार्चुलाको पारिपट्टी भारतीय क्षेत्र धारचुलामा कटान गर्न थालेका छ। आज (मंगलबार) बिहान महाकाली नदीमा पानीको वहाउ बढेपछि कटान थालिएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले कटान हुँदा एक घर बगाएको जानकारी दिए। उनकाअनुसार नेपालतर्फ भने कुनै क्षति भएको छैन्।

भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि महाकाली नदीको जनस्तर बढेको हो। सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोलिएपछि महाकाली उर्लेको थियो। आज बिहान ५ बजेदेखि राति ८ बजेसम्म १५ घण्टाका लागि बाँधका ढोका खोलिएका हुन्। 

 

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update