Sagun Khabar
दार्चुलामा नेपाल–भारत जोड्ने झोलुंगे पुलको लट्ठा चुँडियो, आवतजावत बन्द 

दार्चुला –दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो । 

पुलको लट्ठा चुँडिदा पुलमा आवतजावत बन्द भएको छ । पुलको भारततर्फको लठ्ठा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

पुलको  लट्ठा चुँडिएपछि प्राविधिहरुबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसंग पहल भइरहेको प्रशासनले जनाएको छ । 

पुलमा आवतजावत बन्द भएपछि दुवै देशका नागरिकलाई समस्या भएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update