Sagun Khabar
निजी क्षेत्रकाे लगानीमा बनेकाे ४० मेगावाटकाे अपर चमेलियाकाे उद्घाटन

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा निजी क्षेत्रको लगानीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन भएकाे छ । आयाेजनाकाे सफल परीक्षण भएपछि आज साेमवार उद्घाटन भएको छ ।

गएको शुक्रवारदेखि परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

मार्मा गाउँपालिका–१ किमगडामा रहेको बाँधबाट छ किलोमिटर तल वडा नम्बर २ को घट्टेगाडमा रहेको पावर हाउसमा पानी खसालेर परीक्षण शुरु गरिएको थियो ।  उत्पादित बिजुलीलाई शैल्यशिखर नगरपालिका–१ वलाँचमा रहेकाे सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आठ अर्ब ५० करोड रुपैयाँकाे लागतकाे आयोजना ३० महिनामा सम्पन्न भएको आयोजनाका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताउनुभयो । यसअघि दार्चुलाको अपि हिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाटको मकरीगाड जलविद्युत् आयाेजना निर्माण भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update