Sagun Khabar
दार्चुलामा एक किशोरीको  बेवारीसे शव फेला
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा एक किशोरीको  बेवारीसे शव फेला परेको छ । जिल्लाको व्यासँ गाउपालिका ४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा किशोरीको मंगलबार   शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

अन्दाजी १५ वर्षकी किशोरीको  सढेको अवस्थामा मंगलबार फेला परेको उनले बताए । बालिकाको शवलाई भारतीय नागरीकले देखेपछि नेपाल प्रहरीलाई खवर गरेको बताइएको छ ।

शवको पहिचान गर्ने प्रयास भए पनि कुहिएकाले समस्या भएको प्रहरीको भनाइ छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update