Sagun Khabar
दार्चुलाको शैल्यशिखरका हाकिमसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सातजना विरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहितका सात जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार काठमाडौंस्थित विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी र सब–इन्जिनियर दीपकसिंह विष्टविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । यस्तै पनेबाज–बन्तोली–बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध पनि मुद्दा दायर भएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

शैल्यशिखर–६ पनेबाज मौरीभिटादेखि वडा–७ र वडा ८ को बन्तोली–बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इस्टिमेटमा कडा चट्टानको भाग बढी देखाएर वास्तविकभन्दा बढी भुक्तानी भएको भन्ने सूचना अख्तियारले पाएको थियो । त्यसपछि अख्तियारले छानबिन गर्दा २६ लाख २ हजार ५६६ रूपैयाँ बढी भुक्तानी लिएको खुलेको हो । 

अख्तियारका प्रवक्ता भोला दाहाले एक विज्ञप्ती जारी गर्दै उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजीम सजाय हुने र सोही दफा बमोजीम बिगो रकम समेत असुल गर्न आरोपपत्र दायर गरिएको छ । 

Akhtiyar_11690457722.jpg
Akhtiyar_21690457696.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update