Sagun Khabar
दार्चुलाका एक पुरुषमा कालाजार देखियो 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा एक पुरुषमा कालाजार देखिएको छ । आइतवार उपचारका लागि आएका शैल्यशिखर नगरपालिका–९ नायलका ५० वर्षीय पुरुषमा कालाजार देखिएको गोकुलेश्वर अस्पतालका मेडिकल अधिकृत डाक्टर मियाज अन्सारीले जानकारी दिए । कालाजार देखिएका पुरुषलाई थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा पठाइएको छ । 

जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी राजेश भट्टका गएको फागुनमा पनि ती पुरुषलाई कालाजार देखिएको थियो । त्यसपछि उपचारका लागि धनगढी पठाएपछि निको भएकामा अहिले फेरि कालाजार देखिएको सूचना अधिकारी भट्टले बताए ।

कालाजार ’स्यान्ड फ्लाई’ नामको भुसुनाको टोकाइका कारण लाग्ने गर्दछ ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update