Sagun Khabar
दार्चुलामा ६ केजी चरेशसहित दुईजना पक्राउ 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा लागुऔषध चरेशसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका ३ कर्कलेबाट ६ केजी १ सय ग्राम चरेशसहित महाकाली नगरपालिका ४ का ६६ बर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका ४ सिप्टीका ७० बर्षीय गौरसिंह ठगुन्ना पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जनालाई सोमबार बिहान १ बजेतिर पक्राउ गरेको हो । 

प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा दुवै जनाले बोकेको झोलमा प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो । पक्राउ परेका दुवैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update