Sagun Khabar
भारतको सहयोगमा दार्चुलामा दुईओटा विद्यालय भवन निर्माण हुने 

दार्चुला –भारतीय राजदूतावासको सहयोगमा दार्चुलामा दुईओटा विद्यालय भवन निर्माण हुने भएका छन् । जिल्लाको व्याँस गाउँपालिका वडा नं ६ स्थित हिमालय मावि हुती र शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माविको भवन निर्माण हुने भएको हो । 

भारत सरकारको सहयोगमा सञ्चालित साना विकास परियोजना अन्र्तगत विद्यालय भवन निर्माणका लागि केही दिन पहिला सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सम्बन्धित स्थानीय तह र भारतीय दूतावासबीत त्रिपक्षीय सम्झौता भएको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

विद्यालय भवन निर्माणका लागि ४ करोड ३२ लाख ९५ हजारको लागत रहेको बताइएको छ । सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ ।

यीमध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update