Sagun Khabar
दार्चुलाका एक प्रधानाध्यापक बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाका एक प्रधानाध्यापक बेपत्ता भएका छन् । सरस्वती आधारभूत विद्यालय लेकम—२ बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट बेपत्ता भएका हुन् । 

लेकम गाउँपालिका—२ सुँगरखालीका ५६ वर्षीय भट्ट विगत ४ दिनदेखि बेपत्ता रहेका प्रहरीले जनाएको छ । 

गएको मंगलबार मध्यान्ह १२ बजेतिर नुहाउन भनी हिँडेका भट्ट उतैबाट बेपत्ता भएका पारिवारिक स्रोतले बताएको छ । बेपत्ता प्रधानाध्यापक भट्टको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update