Sagun Khabar
कञ्चनपुरमा लागु औषध सहित दुई जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयास्थित पूर्वपश्चिम राजमार्गबाट बा ५८प ४८७८ नम्बरको मोटरसाइलकमा सवार कृष्णपुर–२ वाणी बस्ने २४ वर्षीय किशोर भण्डारी र २० वर्षीय राजेन्द्र गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ ग्रांम १३० मिलीग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए । पक्राउ परेकामाथि अनुसन्धान भईरहेको छ । 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update