Sagun Khabar
शोकमा डुब्यो बैतडीको ठूलसैनी गाउँ 

बैतडी –सिगास गाउँपालिका वडा नं ३ को ठूलसैनी गाउँ शोकमा डुबेको छ । आइतबार बिहानै भएको जिप दुर्घटनामा एकै गाउँमा तिन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो । डडेल्धुरा जाने भनि हिडेका १४ जना मध्ये ११ जना घाइते भएका छन् । एक जना मात्रै वडा नं ८ का छन् भने घाइते १० जना पनि ठूलसैनी गाउँकै रहेका स्थानीय खेमसिंह धामीले बताए । उनले भने ‘अकल्पनीय दुर्घटना भयो । एकै गाउँका तिन जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ ।’

आइतबार बिहान लगनबाट डडेल्धुराका लागि हिडेको से १ ज ७३९ नम्बरको जिप १५ ÷२० मिटर मात्रै हिडेको थियो । हिड्ने बित्तिकै जिप दुर्घटनामा परेको स्थानीय शिक्षक पदमसिंह धामीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिपमा सवार स्थानीय व्यापारी ४५ बर्षीेय मानसिंह साउँद, ४५ बर्षीय जयसिंह धामी र ६४ बर्षीय रामसिंह धामीको मृत्यु भयो । तिन जनाको घटनास्थलमै मृत्यु भएको र एकै गाउँका ११ जना घाइते भएपछि अहिले गाउँ पुरै शोकमा डुबेको स्थानीय खेमसिंह धामीले बताए । उनले भने ‘दुर्घटनामा परि मृत्यु भएका व्यापारी साउँदका परिवार अहिले होसमा छैनन् । आफ्नो बिग्रको गाडी बनाउन डडेल्धुरा हिडेका साउँद घरबाट हिडेको ५ मिनेटमै दुर्घटनामा परेपछि गाउँले निकै शोकाकुल बनेका छन् ।’

एकै गाउँका तिनजनाको दुर्घटनामा परि मृत्यु भएपछि गाउँमा रुवाबासी चलेको स्थानीय शिक्षक पदमसिंह साउँदले बताए । उनले भने ‘बिहानै यस्तो घटना हुँदा गाउँका सबै मानिस रोइरहेका छन् । गाउँ नै रोईरहेको छ ।’
जिप चालक र जिप साहु फरार रहेका कारण दुर्घटनाको कारण खुल्न सकेको छैन् । तर ग्रामीण कच्ची सडकका कारण दुर्घटना हुने गरेका छन् । 

दुर्घटनामा परी घाइते भएका सिगास गाउँपालिका ३ का १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा, ४० बर्षीया गोमती साउँद, २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीया वासमती धामी, २० बर्षीय राजेन्द्र धामी, ४७ बर्षीय कृष्ण धामी, ४० बर्षीय शेरबहादुर धामी र २० बर्षीय रविन्द्र धामीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update